टी–२० विश्वकप छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानसंग प्रतिस्पर्धा गर्दै छ । फाइनल खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।


फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तर्गत भएको खेलमा ओमानले नेपाललाई रोमाञ्चक खेलमा ५ रनले हराएको थियो । आजको खेल नेपालका लागि उक्त हारको बदला लिने अवसर हो ।


दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय