सहाराद्वारा सहकारी अभियान्ता प्रधानांग र पत्रकार न्यौपाने पुरस्कृत

बिर्तामोड । सहकारी अभियान्ता एवम् विज्ञ कैलाशभक्त प्रधानांगलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’बाट पुरस्कृत गरेको छ । यस्तै, सहाराले पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।


प्रधानांगले प्राप्त गरेको पुरस्कारको नगद राशी एक लाख एक हजार र पत्रकार न्यौपानेले प्राप्त गरेको पुरस्कारको नगदराशी २५ हजार रहेको छ । २७ औं वार्षिक साधारणसभाको अवसरमा सहाराले प्रदान गरेको उक्त पुरस्कार सभामुख देबराज घिमिरेले हस्तनान्तरण गर्नुभएको थियो ।


भक्तपुर निवासी प्रधानांगले नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याए वापत पुरस्कृत गरेको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
205
सम्बन्धित

लोकप्रिय

लोकप्रिय