रात्रिकालिन भलिबल : उपाधिका लागि भद्रपुर र दमक भिड्ने

बिर्तामोड । भद्रपुर र दमक नगरपालिका झापा जिल्ला स्तरीय अन्तरपालिका प्रथम मेयर कप रात्रिकालिन भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुर युवा परिवारको आयोजनामा भईरहेको प्रतियोगिताको शुक्रबार बेलुकी सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकालाई पराजित गर्दै भद्रपुर नगरपालिका र दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकालाई पराजित गर्दै दमक नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।


भद्रपुर ५ मा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार (आज) बेलुकी हुनेछ । फाइनलमा उपाधिका लागि भद्रपुर र दमकले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार, प्रमाण–पत्र तथा ट्रफी प्राप्त गर्ने भद्रपुर युवा परिवार अन्तर्गतको प्रतियोगिता आयोजक उपसमितिका संयोजक सुशील यादवले जानकारी दिनुभयो । त्यस्तै उपविजेताले नगद ३१ हजार, प्रमाण–पत्र तथा ट्रफी प्राप्त गर्ने उहाँले बताउनुभयो ।


प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५१ सय पुरस्कार प्राप्त गर्ने छ । उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्टाईगर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सर्भरलाई जनही ३१ सय पुरस्कार प्रदान गरिने संयोजक यादवले जानकारी दिनुभयो । त्यस्तै उदयीमान खेलाडीलाई समेत नगद ३१ सय पुरस्कार प्रदा नगरिने उहाँले बताउनुभयो ।

कार्तिक १५ देखि संचालन भईरहेको प्रतियोगितामा झापाका १२ वटा पालिकाले सहभागिता जनाएको आयोजक उपसमितिका सह–संयोजक कृष्णबहादुर वनले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न भद्रपुर नगरपालिका, स्थानीय व्यवसायी तथा विभिन्न संघ–संस्थाहरुको सहयोग रहेको आयोजकले बताएको छ । भद्रपुर युवा परिवारले यसअघि वडास्तरिय रात्रिकालीन भलिबल प्रतियोगिता, बीच भलिबल प्रतियोगिता लगायतका खेलकुद प्रतियोगिता आयोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय