भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११९ पुग्यो

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ। यो जाजरकोट र रुकुमपश्चिमको तथ्यांक हो।


भूकम्पले जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्ममा नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा ज्यान गुमाउनेमध्ये ४७ जना नलगाढको रहेको जानकारी दिनुभयो ।

नलगाड भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका हो। भूकम्पपमा परी नलगाडकी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ।


यस्तै रुकुमपश्चिममा २७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । आठबीस नगरपालिकामा १७ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय