विश्वकप छनोटका लागि नेपालले युएईलाई जित्नै पर्ने बाध्यता 

काठमाडौ । आइसिसी टी–२० विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।


शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। खेल जिते नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।

नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।


अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुई खेल जितेको थियोभने एक खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय