अर्जुधारा ५ को खेलकुद समितिको अध्यक्ष बाबा डिआरको निरन्तरता

बिर्तामोड । अर्जुनधारा नगरपालिका ५ नम्बर वडाको खेलकुद उपभोक्ता समितिको अध्यक्षमा बिद्यानन्द चौधरी (बाबा डिआर) ले निरन्तरता पाउनु भएको छ । अर्जुनधारा ५ का वडाअध्यक्ष गिताराज खड्का तथा वडा सदस्यहरु लक्ष्मी खनाल र चद्रा तामाङको उपस्तिथीमा आज बसेको समितिको बैठकले पदाधिकारी तथा सदस्यहरु हेरफेर गर्ने प्रस्ताव गरेको थियो ।


उक्त प्रस्ताव अनुरुप बैठकले समितिको सचिवमा रामकुमार श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुवास घिमिरे र बुद्धकुमार राजवंशीलाई चयन गरेको छ भने अध्यक्ष, उपाध्यक्ष लगातका पदहरुमा पुरानै व्यक्तिहरुलाई निरन्तरता दिएको छ ।

जस अनुसार समितिको अध्यक्ष बिद्यानन्द चौधरी, उपाध्यक्ष प्रविण तामाङ (मणि), सचिव रामकुमार श्रेष्ठ र कोषाध्यक्ष सुनिता तामाङ रहनुभएको छ । त्यस्तै सदस्यहरु बिक्रम सुब्बा, राम महतारा, सुवास घिमिरे, बुद्धकुमार राजवंशी, सिताराम थापा र सिता वन रहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय