ब्राउन सुगर सहित २ जना र भारतिय सवारी साधन पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१० स्थिबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित भारतिय नम्वरको सवारी साधन र २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट परिचालित प्रहरी टोलीले सोमबार बिहान त्रियुगा नगरपालिका(१० स्थित गैरुन कालीखोला नजिक रोकी राखेको आरबि ११ पिबि १३५५ नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा गाडीको गियर बक्स भित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर, नगद १ लाख ५४ हजार रुपैया र डिजिटल तराजु १ थान समेत बरामद गरेको हो ।


उक्त सवारी साधनबाट ब्राउन सुगर तथा नगद रुपैया बरामद भए संगै गाडी चालक भारत बिहार सुपौल भिमनगरका २७ बर्षीय जसविर कुमार मण्डल र गाडीमा सवार रहेका भारत बिरपुरका सन्तोष कुमार महतोलाई समेत प्रहरीले पक्राउ गरेको छ ।


प्रतिवन्धित लागुऔषध ब्राउन सुगर, नगद रुपैया र गाडी सहित पक्राउ परेका दुबैजनाको समानित उदयपुर जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय