नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।


त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट हात पारे । अविनाश बोहोराले एक विकेट लिए।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय