अरिङ्गालको टोकाईबाट इलाममा १ जनाको मृत्यु, १ घाइते 

इलाम । अरिङ्गालको टोकाईबाट इलाममा १ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन । इलाम नगरपालिका-१२ साङरुम्बाका ३० वार्षिय सन्तोष लिम्बुको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।


मंगलबार बिहान ९ बजे छिमेकिको बारीमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर लिम्बू घाइते भएका थिए । लिम्बुसंगै उनका ससुरा बुबा ५९ बर्षिय याम बहादुर लिम्बु पनि घाइते भएका थिए ।

दुबैजनालाई उपचारकोलागी जिल्ला अस्पताल इलाम लगिएकोमा सन्तोष लिम्बुको उपचार हुननसकेपछि थप उपचारको लागी झापाको बिर्तासिटी अस्पताल ल्याईएको थियो । लिम्बुको उपचारको क्रममा मंगलबार राती नै मृत्यु भएको प्रहरीले बताएको छ । घटना सम्बन्धामा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
2
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय