बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनधाराका फुयाल पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले बैङ्किङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ का ३७ बर्षीय तुलसी फुयल रहेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । फरार रहेका फुयललाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


फुयाललाई उच्च अदालत विराटनगर, इलाम इजलासको  २०७९ चैत्र ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र १ करोड जरिवाना तथा ४ लाख पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । पक्राउ परेका फुयललाई झापा जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरिएको कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय