बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक बृद्दाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत  बिर्तामोडको मुक्ति चौक नजिकै रहेको अधुवा खोलाको पुलमा एम्बुलेन्सको ठक्करबाट विर्तामोड-४ की सिता साहाको मृत्यु भएको हो ।


सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको एम्बुलेन्सले बिर्तामोड नगरपालिका-४ की ६९ बर्षिया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो । एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका-३ का ३६ बर्षिय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
0
+1
2
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय