प्रहरीले गर्‍यो गाजाका ७ हजार भन्दाबढी बोट फडानी

विराटनगर  । धनकुटा र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ । सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ । अभियान अन्तर्गत  कार्तिक १२ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरुमा करिव ६ हजार ४ सय वटा गाँजाका बोटहरु फडानी गरी जलाएर नष्ट गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


यस्तै इलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउपालिका-२ स्थित पाखा बारीमा लगाएको १ हजार वटा गाँजाको बोटहरु जलाई नष्ट गरेको छ । अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तर रुपमा संचालन भईरहेको प्रहरी कार्यलयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय