टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालसंग सिंगापुर ८ विकेटले पराजित

काठमाडौं । आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ७४ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।


photo : CAN

आसिफ शेख २७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा अविजित रहे । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो। ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्।

photo : CAN

सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे। नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय