टी-२०विश्वकप छनौटको पहिलो खेलमा नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियायी छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ९ बजेबाट सुरु हुनेछ ।


आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

जसअनुसार आज नेपाल र सिंगापुरबीचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबीच दोस्रो खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय