झापामा डकैती मुद्दा लागेर फरार रहेका साह पक्राउ

झापा । डकैती मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ८ बस्ने २८ वर्षीय मोहन साह रहेका छन् । झापा जिल्ला अदालतको गत असोज २४ गतेको फैसला अनुसार डाँका गरेको मुद्दामा ६ महिना कैद र २० हजार जरिवाना तथा पीडित राहत कोषमा ४०० जम्मा गर्नु पर्ने फैसला भई साह फरार रहेका थिए ।


उनलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक ५ गते पक्राउ गरेको थियो । आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय