अन्तर्राष्ट्रिय झापाली समाजको नव निर्वाचित अध्यक्षमा मुकुन्द ढुङ्गाना, सपथ ग्रहण सम्पन्न

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको नव कार्यसमितिको अध्यक्षमा मुकुन्द ढुङ्गाना निर्वाचित हुनुभएको छ । आज झापाको बिर्तामोडमा समाजका पदाधिकारीहरूको सफत ग्रहण सम्पन्न भएको छ । दुई वर्षे कार्यकालका लागि अध्यक्ष ढुङ्गानासहितको टिमले आज सपथ लिएको हो । सर्वसम्मत निर्वाचित भएका अध्यक्ष ढुुङ्गासहितको टिमलाई निर्वाचन प्रमुख समाजका संस्थापक अध्यक्ष तथा संरक्षक दिनेश पोखरेलले नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । अध्यक्षमा मुकुन्द ढुङ्गाना झापा चन्द्रगढीका बासिन्दा हुन भने हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी यसअघि झापाली समाज युएसएको दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन् । त्यस्तै, समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् । बाह्रदशीका चौलागाईं कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उपाध्यक्षमा चन्द्रगढीका भूपाल सिटौला निर्वाचित भएका छन् उनी अष्ट्रेलियामा शैक्षिक व्यवसाय गर्दै आएका छन् ।


त्यस्तै, उपाध्यक्षमा झापा गाउँपालिकाका चूडामणि कार्की निर्वाचित भएका छन् । उनी कतारमा बस्दै आएका छन् । महिला उपाध्यक्षमा माल्टामा रहँदै आएकी शर्मिला बस्नेत चयन भएकी छन् । त्यस्तै, समाजको महासचिवमा नवीन पोखरेल पुनः सर्वसम्मत भएका छन् । बाह्रदशीका पोखरेल कतारमा वैदेशिक रोजगार सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । समाजको सचिवमा साउदी अरेबियामा बस्दै आएका रविन गिरी चयन भएका छन् । त्यस्तै, ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला चयन भएका छन् । एसिया पेसिफिक क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, युएसएका संयोजक प्रसन्न संग्रौला चयन भएका छन् । समाजको सदस्यमा साउदीबाट देवीबहादुर कार्की र कतारबाट उत्तम गुरुङ चयन भएका भएका छन् । बाँकी रहेका कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र सदस्यहरू कार्यसमितिको बैठकले चयन गर्ने महासचिव पोखरेलले जानकारी दिए ।


समाजका अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा स्वागत उपाध्यक्ष दीपक चुडालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए । समाजको बिर्तामोडमा कात्तिक ११ गते सम्पन्न चौथो महाधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको हो । आज १२ गते बिर्तामोडमा भएको महाधिवेशनको खुला सत्रमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

कार्यक्रममा झापाका दुईवटा पालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । महाभारा स्वास्थ्य चौकी र शान्तिनगर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय