राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, दर्जनौ कार्यक्रममा सहभागी बन्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । गएराति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको थियो । उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यस्तै आजै गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरि उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै परराष्ट्रमन्त्री साउदसँग पनि महासचिव गुटेरेसले भेट गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुनेछ । महासचिव गुटेरेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई संसद् भवनकै स्काई हलमा सामूहिक भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।


महासचिव गुटेरेस आइतवार राती प्रधानमन्त्री दाहालले दिने रात्रीभोजमा सहभागी हुनुहुने कार्यक्रम छ । सोमबार महासचिव गुटेरस जलवायु परिवर्तनको असरको जानकारी लिन सोलुखुम्बुको स्याङ्बोचे जानु हुनेछ भने सोमबार साँझ पोखरा जाने कार्यक्रम रहेको छ ।

मंगलबार विहान पोखराबाट अन्नपूर्ण आधार शिविरको छोटो पदयात्रामा जाने कार्यक्रम पनि रहेको छ । एबीसीबाट फर्केपछि सोही दिन पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी उहाँ वुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

मंगलबार नै लुम्बिनीबाट फर्केर अपरान्ह ४ बजे नेपालको संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नु हुनेछ ।

महासचिव गुटेरेस असोज २७ गतेनै नेपाल आएर संसद्मा सम्बोधन गर्ने तयारी भएको तर इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणका कारण भ्रमण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय