इजिप्टमा बस र कार ठोक्किँदा कम्तिमा ३२ जनाको मृत्यु

एजेन्सी । इजिप्टको राजधानी कायरो नजिकै बस र कारहरु एकापसमा ठोक्किँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।कायरोदेखि १३१ किलोमिटर परको अलेक्ज्यान्द्रिया रोडमा यात्रुबाहक बस र कारहरु ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।


दुर्घटनामा कम्तिमा ६५ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुर्घटनापछि केही कारहरुमा आगो लागेको जनाइएको छ । मृत्यु हुनेहरु धेरै आगोमा परेको पनि समाचारमा जनाइएको छ । दुर्घटना लगत्तै २० वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय