दुईवटा मोटरसाइकल ठोक्किँदा झापामा एक जनाको मृत्यु

झापा । गौरीगञ्जमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका-५ स्थित पेट्रोल पम्प नजिकै भित्री सडकमा शुक्रबार बेलुका करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।


दुर्घटनामा परी ६३६४ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका- ३ निवासी ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्का मोटरसाइकल चालक रतुवामाई नगरपालिका- ६ निवासी २५ वर्षीय तुलसीप्रसाद ताजपुरियाको निम्स हस्पिटल दमकमा उपचार भइरहेको छ । यता इलाका प्रहरी कार्यालय गौरीगञ्जले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको  छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय