सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला एक लाख १६ हजारमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।


यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कायम भएको छ । यता  चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय