हृदयाघातले बिते चीनका शत्तिशाली नेता तथा पूर्व प्रधानमन्त्री ली खछ्याङ

एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। सांघाई भ्रमणमा रहेका उहाँलाई मध्यरातमा हृदयाघात भएको थियो। ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थियो। एक दशक चीनको प्रधानमन्त्री रहेका उहाले सुधारवादी नेताको छबि बनाउन् भएको थियो।


राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहन्भएका ली शत्तिशाली नेता सांघाइमा बस्दै आउनुभएको थियो । ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बन्नुभएको थियो। उहाँ चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय