एसीसी यू–१९ प्रिमियर कपको विजेता नेपाली किक्रेट टोली स्वदेश फर्कियो

काठमाडौं। एसीसी यू–१९ प्रिमियर कपको च्याम्पियन नेपाली किक्रेट टोली स्वदेश फर्किएको छ।​ मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको थियो। टस जितर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो।


यूएईले जवाफी ब्याटिङ गर्दा खेल वर्षाले प्रभावित भएपछि डीएलएस पद्धतिअनुसार उसले २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य पाएको थियो। यूएई खेलमा १ बल बाँकी रहँदा १७८ रनमा अलआउट भयो। प्रतियोगितामा नेपालका कप्तान देव खनालले २ र अर्जुन कुमालले १ शतक प्रहार गरेका थिए।

अन्डर १९ उमेर समूहमा नेपालका लागि देवको नाममा सर्वाधिक ३ शतक छन्। अर्जुनको नामामा २ शतक छन्। प्रतियोगितामा सर्वाधिक विकेट लिँदै प्लेयर अफ दी सिरिज स्पिनर दीपेश कँडेल बनेका थिए। ​प्रिमियर कपको शीर्ष ३ मा रहँदै नेपालसहित यूएई र जापान एसिया कपका लागि छनोट भएका हुन्। एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय