हृदयाघात भएपछि उपचार गराएर चीनबाट फर्कीए गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कीनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका बेला उहाँलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराइएको थियो । उपचारपश्चात हिजो डिस्चार्ज हुनुभएका मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनु भएको हो ।


गत १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो। उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
60
सम्बन्धित

लोकप्रिय

लोकप्रिय