आज दोस्रो दिन पनि दसैँ टीका र आशीर्वाद लिने क्रम जारी

काठमाडौँ । दसैँ टीकाको आज दोस्रो दिन । विजयादशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् । दशैँको मुख्य दिन विजयादशमीमा भेट्न र जान नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् ।


टाढा रहेका आफन्त तथा मान्यजनहरू कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउजाउ गर्नेहरूको चहलपहल जारी छ । नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।

घटस्थापनाका दिन दसैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजाआराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय