मोरङको इस्ट स्टारले जित्यो अर्जुनधारामा सम्पन्न प्रदेश स्तरीय फुटबलको उपाधि

झापा । विजय दशमीको अवसमा झापाको अर्जुनधारा­-१ मा सम्पन्न प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको इस्ट स्टार फुटबल क्बलले जितेको छ ।अर्जुनधारा-१ को खैरेनी पर्यापर्यटन क्षेत्रमा रहेको खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको फाईनल खेलमा आयोजक टिम त्रिवेणी फुटबल क्लबलाई टाईब्रेकरमा ५­-३ गोल अन्तरले पराजित गर्दै इस्ट स्टारले उपाधि जितेको हो ।


विजेता

टाइब्रेकरमा आफ्ना खेलाडीको पहिलो प्रहार गोल हुन नसक्दा आयोजक टिम त्रिवेणी एफसी उपाधि चुम्नबाट बन्चित भयो । त्रिवेणीले ४ वटा प्रहारमा ३ गोल गरेको थियो । त्रिवेणीका गोल रक्षकले भने एक गोल पनि बचाउ गर्न सकेनन् । मोरङको इस्ट स्टारका खेलाडीले गरेको ५ वटै प्रहार गोल भएको थियो । उपाधि विजेता इस्ट स्टार मोरङले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण­-पत्र पायो । उपविजेता बनेको आयोजक त्रिवेणी फएसीले नगद २० हजार ट्रफि, मेडल र प्रमाण­-पत्रमा चित्त बुझायो । त्यसअघि निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । रोमाञ्चक भएको फाइनल खेल दुवै टिमले गोल गर्न नसकेपछि नतिजाका लागि टाईब्रेकरमा धकेलिएको थियो ।

उपविजेता

प्रतियोगिताको बेस्ट प्लेयरको पुरस्कार आयोजक टिमका रबिन राईले पाए । उनले नगद २ हजार र ट्रफी हात पारे । त्यस्तै प्रतियोगितामा आयोजक टिमका दिसान राईले हाई स्कोरर, आयोजककै वचन तामाङले बेस्ट डिफेन्स र मोरङका गोल रक्षक कृष्ण क्षेत्रीले बेस्ट किप्परको पुरस्कार पाए । उनिहरुले जनही नगद १५ सय र ट्रफी हात पारे । आयोजक टिमकै विशाल राईले फाइनल खेलको ‘म्यान अफ दि म्याच’ पुरस्कार पाए । उनले नगद १५ सय र ट्रफी पाए । प्रतियोगितामा उदयीमान खेलाडीको पुरस्कार आयोजक टिमका सविन योङहाङले हात पारे । उनले नगद १ हजार पुरस्कार पाए ।


प्रतियोगिताको विजेता उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा वडा नम्बर १ का वडाअध्यक्ष उपेन्द्र बस्नेत, बिशेष अतिथि हचुमासा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाई, वडा सदस्य मदन लिमेल, शनिश्चरे प्रहरी चौकीका प्रमुख, शसस्त्र प्रहरी बल खुदुनाबारीका प्रमुख, आयोजक समितिका अध्यक्ष तेजेन बुर्जा मगर, उपाध्यक्ष राजिन लिम्बू, सदस्य विजय गौली लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार हचुमासा सामुदायिक वन उपभोक्ता समिति र द्धितिय पुरस्कार अर्जुनधारा नगरपालिका वडा नम्बर १ ले प्रायोजन गरेको आयोजक टिमका सचिव रामप्रसाद खतिवडाले जानकारी दिनुभयो । डा.सा.ब.युवा समुह र त्रिवेणी युवा समुहको संयुक्त आयोजना सम्पन्न भएको प्रतियोगिता असोज २९ देखि सुरु भएको थियो । प्रतियोगितामा इलामको २ वटा, मोरङको १ र झापाका ७ वटा टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगितालाई सम्पन्न गराउन विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरुलाई समापनको अवसरमा आयोजकले सम्मान­-पत्रद्वारा सम्मान गरेको थियो । अयोजक समितिका सचिव रामप्रसाद खतिवडाले संचालन गर्नुभएको समापन समारोहमा हचुमासा सामुदायिक वन उपभोक्ता समितिका सह-­सचिव विकास लिम्बूले स्वागत गर्नुभएको थियो ।

फाइनल खेल अघि डा.सा.ब का पूर्व खेलाडी र किरात याक्थुम चुम्लुङको टिम बिच मैत्रीपूर्ण खेल भएको थियो । खेलमा विजयी डा.सा.ब.ले नगद ५ हजार पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
1
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय