यूएई विरुद्ध ब्याटिङ गर्दै नेपाल, १ सय ६५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु जीतका लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।


यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हाने ।

त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले २–२ विकेट लिए भने करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।


अहिले नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । कुशल मल्ल र आशिफ शेख क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय