अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका २ स्थित शान्ति सामुदायीक वन उपभोक्ता समितिले शुक्रबार १ सय जना उपभोक्तालाई ग्यास सिलिन्डर बितरण गरेको छ ।
एक कार्यक्रमका बिच उपभोक्ताहरुलाई सरस्वती आधारभुत बिद्यालयबाट सामुदायीक वनले सिलिन्डर ग्यास बितरण गरेको हो ।
गरिबि न्युनिकरण कार्यक्रम अन्तर्गत विगत ५ बर्षदेखि हालसम्म २६ लाख रुपैयाँ बराबरको ६ सय ५० वटा सिसिलन्ड ग्यार उपभोक्तालाई बितरण गरिएको सामुदायीक वनका कोषाध्यक्ष खगेन्द्र कोईरालाले जानकारी दिनुभयो ।

वन संरक्षण र जंगलको सुरक्षा साथै चोरी तस्करी नियन्त्रण गर्ने मुल उदेश्य राखेर सिलिन्डर ग्यास बितरण गरिएको सामुदायीक वनका अध्यक्ष तुलसी प्रसाद खतिवडाले जानकारी दिनुभयो । शान्ति सामुदायीक वनको उपभोक्ता संख्या हाल ८ सय ३० रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष खतिवडाले आगामी दुई बर्ष सम्ममा सबै उपभोक्तालाई सिलिन्डर पुर्याउने वन समितिको लक्ष्य रहेकोे जानकारी दिनुभयो ।

