सुखानीमा शनिबारबाट बोट सवार गर्न पाइने

अर्जुनधारा । झापा आन्दोलनका ५ सहिदहरुको सहादत स्थल शुखानीमा निर्माण भएको पोखरीमा शनिबारबाट बोट संचालनमा आउने भएको छ । ऐतिहासीक स्थल सुखानीलाई पर्यटन मार्फत थप चिनाउने र विकास गर्ने उदेश्य स्वरुप निर्माण भईरहेको पार्कले भोलिबाट पोखरीमा बोट संचालन गर्ने भएको हो । सुखानी सामुदायीक वन उपभोक्ता समितिले निर्माण गरेको पार्कले भोलिबाट व्यवसायीक यात्रा सुरु गर्ने सामुदायीक वनका अध्यक्ष मंगलसिंह लिम्बूले जानकारी दिनुभयो ।



लाखौ रकम लगानीमा अहिले यो स्थान उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । सुखानी सहिदहरुको शालिक र सहिद स्तम्भ, ५ रुख, ५ आकारको पोखरी, पोखरीमा बोट सवार, पाँच वटा थुम्का, पिक्निक स्पोर्ट, विभिन्न फलामे पुल तथा बच्चाहरुका लागि खेल्न बनाइएका अन्य संरचना यहाँका मुख्य आकार्षण रहेको सुखानी सामुदायीक वन उपभोक्ता समुहका पर्यटन उपाध्यक्ष विपिन कुमार चौहानले जानकारी दिनुभयो ।

यहि स्थानमा २०२९ सालमा झापा आन्दोलनका ५ जना योद्धाहरुको जेल सार्ने बहानामा हत्या भएको थियो । पाँच सहिदको सम्मान र सम्झनामा पर्यटकीय स्थलको विकास गर्दा हरेक कुराहरुमा पाँचलाई मुख्य विशेष्ता बनाइएको वनका पूर्व अध्यक्ष धन बहादुर तामाङले जानकारी दिनुभयो ।


आज शुक्रबार सामुदायीक वनका अध्यक्ष लिम्बू, पर्यटन उपाध्यक्ष चौहान, सचिव रंजिता भट्टराई, कोषध्यक्ष डिल्ली बहादुर अधिकारी, पूर्व अध्यक्ष तथा लेखा समिति संयोजक धनबहादुर तामाङ र कार्यालय सचिव खगेन्द्र भट्टराईले पोखरीमा बोटको परिक्षण सवार गर्नुभएको थियो ।

पर्यटकीय स्थललाई व्यवस्थीत बनाउन निरन्तर काम गरिरहेको वन समितिले शनिबारबाट पार्कमा प्रवेश गर्न शुल्क निर्धारण गरेको छ । पार्क प्रवेशका लागि सर्वसाधारणलाई ३० रुपैयाँ र उपभोक्ताहरुलाई १० रुपैयाँ टिकट निर्धारण गरिएको सामुदायीक वनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय