ओलीको दशैं शुभकामना : विदेशी संस्कृतिहरुप्रति आकर्षण बढेकाले सचेत रहन आग्रह

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । अध्यक्ष ओलीले चाडवाडले सबै परिवारमा खुशी र स्नेह प्रदान गर्ने धारणा राखन्ुभयो।


विगत वर्ष झैं बडादशैं, तिहार, छठ पर्वको अवसरमा अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बडादशैंले सबैको परिवारको व्यवहार सुध्रियो भन्दै कामना गर्नुभएको छ। उहाँले दशैंले आफन्तबीचको सम्बन्ध सुदृढ गर्ने र आशिर्वाद लिनेदिने काम गर्ने बताउनुभयो ।

विदेशी संस्कृतिहरुप्रति आकर्षण बढेको भन्दै ओलीले सचेत रहन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकाना दिदैं नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भन्दै सुभकामना दिनुभएको थियो । उहाँले वर्तमान गठबन्धन सरकारको अत्याचार विरुद्ध एक हुन आव्हान समेत गर्नुभएको छ । हरेक परिवारमा सरकारको महंगीको असर परेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने धारणा राख्नुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा राप्रपाका नेता केशव ओझा, कांग्रेस झापाका सचिव कृष्ण हुँमागाई, माओवादी नेतृ धर्मशिला चापागाई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नागरिक समाजका तर्फबाट डा।रामबाबु गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमाले झापाले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले सम्मान समेत गरेका थिए । कार्यक्रममा नृत्य, गित प्रस्तुत गरिएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय