बिर्तामोडमा ५ वर्षे ग्यारेण्टी अबधी सकेर पेवर्सबाट बनेको बाटो हस्तान्तरण

बिर्तामोड । बिर्तामोड ५ स्थित बुद्धमार्गको सडक पाँच वर्षपछि स्थानीय बालाजी टोल विकास संस्थालाई हस्तान्तरण गरिएको छ । पाँच वर्ष ग्यारेण्टी भएको पेवर्सबाट निर्मित सडक हस्तान्तरण गरिएको हो ।


पाँच वर्षको ग्यारेन्टी दिएर अर्जुनधाराको विल्डकन इन्डस्ट्रिजले सो सडकमा पेवर्स लगाएको थियो । पाँच वर्षसम्म कुनै पनि खराबी नआएपछि कम्पनीले आज एक कार्यक्रम गरी टोल विकास संस्थालाई सडक हस्तान्तरण गरेको हो ।

बालाजी टोल विकास संस्थाद्वारा आयोजित विजयादशमी शुभकामना आदानप्रदान तथा सडक हस्तान्तरण कार्यक्रममा गुणस्तरीय सडक निर्माण गर्ने विल्डकन इन्डष्ट्रिजका संचालक भीमचन्द्र भट्टराईलाई सम्मान गरिएको थियो ।


टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलगायतले बोल्दै विल्डकनकै पेवर्स लगाउन नगरपालिकाले सिफारिस नगरेको बताउँदै विल्डकनजस्तै गुणस्तरीय पेवर्स लगाउनमात्र जोड दिएको स्पष्ट पार्नुभयो । उहाँहरुले विल्डकनको पेवर्सलाई ल्यावमा परीक्षण गर्दा उत्कृष्ट पाइएको बताउनुभयो । अन्य पेवर्सको टिकाउ १५ देखि २० वर्ष भएकोमा विल्डकन त्यसको दोब्बर टिक्ने कम्पनीले दावी गरेको छ ।

कार्यक्रममा बिर्तामोड ५ का वडा सदस्यहरु ओमभक्त सेढाई, दुर्गा शिवाकोटी, बालाजी टोल विकास संस्थाका निवर्तमान अध्यक्ष नन्दकिशोर निरौला, अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानी, पाथीभरा टोल विकास संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । संस्थाका सल्लाहकार डा चन्द्र दुलालले स्वागत गरेको कार्यक्रमको संचालन टोल विकास संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय