मैत्रीपूर्ण खेलमा बिर्तामोड–१०को भेट्रान टिम १-० गोल अन्तरले विजयी

बिर्तामोड । बिर्तामोड वडा नम्बर ५ र वडा नम्बर १० को भेट्रान टिमबिच मैत्रिपूर्ण खेलमा बिर्तामोड १० एक–शुन्य गोल अन्तरले विजयी बनेको छ ।


बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न भएको चौंथो वडा स्तरीय नकाउट फुटबलको समापनको अवसरमा बिर्तामोड–१० र बिर्तामोड–५ को भेट्रान टिमबिच खेल भएको थियो ।

बिर्तामोड खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा बिर्तामोड–१० लाई जित दिलाउन खेलमा एक मात्रै गोल दिपेन राईले गरे । उनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।


बिर्तामोड ५ को भेट्रान

प्रतिस्पर्धात्मक बनेको खेलमा बिर्तामोड ५ ले गोल फर्काउने प्रयास गरेपनि सफल हुन् सकेन ।

मैत्रिपूर्ण खेलको विजयी टिमलाई आयोजक बिर्तामोड खेलकुद विकास समितिले ट्रफी प्रदान गरेको थियो । समितिका अध्यक्ष विकास गिरील विजयी टिमका खेलाडी गणेश कटुवाललाई ट्रफी हस्तनान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय