कलाकारसंगको मैत्रीपूर्ण खेलमा पत्रकार ४–० गोल अन्तरले पराजित

बिर्तामोड । झापाली पत्रकार र नृत्य कलाकार बिचको मैत्रिपूर्ण खेलमा कलाकारको टिम ४–० ले विजयी बनेको छ ।


झापाको बिर्तामोडमा आज सम्पन्न भएको चौंथो वडा स्तरीय नकाउट फुटबलको समापनको अवसरमा झापाली पत्रकार र नृत्य कलाकारबिच भएको खेलमा कलाकारको टिम विजयी बन्यो ।

बिर्तामोड खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा कलाकारलाई जित दिलाउन प्रताप सुनुवार, पदम मगर, राजेश बस्नेत र अजय चौधरीले एक–एक गोल गरे ।


विपक्षीको लगातारको प्रहारलाई गोल किप्पर चिरन घिमिरेले उत्कृष्ट बचाउ गर्दा पत्रकारको टिम थप गोल खानबाट बचेको थियो । घिमिरेले उत्कृष्ट बचाउ गर्दै पहिलो हाफमा विपक्षीले प्रहार गरेको पेनाल्टी विफल पारेका थिए । ‘डि’ एरियामा दिनेश दंगालको हेन्डबल हुँदा कलाकारको टोलिले पेनाल्टी पाएको थियो ।

निर्धारित ३० मिनेटको खेलमा निरन्तर दवावमा परेको पत्रकारको टिमले भने जवाफी गोल फर्काउन सकेन् ।

मैत्रिपूर्ण खेलको विजयी टिमलाई आयोजक बिर्तामोड खेलकुद विकास समितिले ट्रफी प्रदान गरेको थियो । समितिका अध्यक्ष विकास गिरीले कलाकार टिमका क्याप्टेन राज लावतीलाई ट्रफी हस्तनान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय