बर्षौ पछि शनिश्चरे बजारमा कालोपत्रे निर्माण

बिर्तामोड । लामो समयको प्रतिक्षापछि शनिश्चरे बजार क्षेत्रको मुख्य भागको सडक कालोपत्रे भएको छ ।


बर्षौ अघि पिच भत्किएपछि अवेवस्थीत बनेको झापा जिल्लाकै पुरानो मध्येको शनिश्चरे बजार क्षेत्रमा कालोपत्रे पिच निर्माण भएको हो । कालोपत्र निर्माणसंगै अर्जुनधारा नगरपालिकाकै केन्द्रमा रहेको मुख्य बजारको मुहार फेरीएको छ ।

शनिश्चरे बजारको केन्द्र भागमा नै सडक व्यवस्थीत नहुँदा नागरीकले हिउँद र बर्खामा धुवा, धुलो र हिलोको सास्ती खेप्नु परेको थियो । बजारमा पिच नै नहुँने भयो भन्दै कतिपयले स्थानीय सरकारप्रति बिभिन्न टिप्पणी समेत गरिरहेका थिए ।


यो सडक निर्माणका लागि विभिन्न समयमा विभिन्न पहलहरु भएका थिए । तर निर्माण भने हुन सकिरहेको थिएन् अहिले जनप्रतिनिधि र सम्बिन्धित सरोकारवालाको पहलमा काम भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले बताउनुभयो ।

शनिश्चरेलाई नमुना बजजार बनाउने लक्ष्य र उदेश्यकासाथ काम गरिरहेको मेयर गोम्देनको भनाई छ । विगतको समयमा सम्झौता भएर पनि हुन नसकेको काम जनप्रतिनिधिको सक्रियतामा सम्भव भएको हो । सडक कालोपत्रे भैरहँदा बुधबार नगरपालिकाका मेयर गोम्देन आफै फिल्डमा खटिनुभएको थियो । त्यसो त अन्य विकासको योजनाहरुको काम हुँदा समेत गोम्देनलाई मापदण्ड र गुणस्तरको ख्याल गर्दै निरिक्षण गरिरहेको भेट्न सकिन्छ । शनिश्चरे बजार नगरकै गहना बजार भएकै कारण पनि मेयर तामाङको नेतृत्वमा नगरपालिकाको टिम नै निर्माण कार्यलाई गुणस्तरीय बनाउन लागि परेको थियो ।

शनिश्चरे बजार नगरपालिकाको ८ नम्बर वडा अन्तर्गत पर्दछ । वडाअध्यक्ष कुमार उप्रेतीले बजारका व्यवसायी र नागरिकले सास्ति भोग्नुपर्ने दिनको अन्त्य भएकोे र अफु जनप्रतिनिधि हुनुअघि नै बजार क्षेत्रलाई व्यवस्थीत गर्ने वाचा पुरा हुँदै गएको बताउनुभयो ।

सडक डिभिजन कार्यलयले निगरानी गरिरहेपनि कामको गुणस्तरमा कमि हुँन नदिन निर्माण स्थलमा नगरपालिकाका इन्जिनियरसहितको प्राविधिकको टोली खटिएको थियो । कलोपत्रका लागि कच्चापदार्थ बन्ने निर्माण कम्पिनिको प्लानटमा समेत नगरपालिकाले कर्मचारी खटाएर गुणस्तरीय निर्माणमा ध्यान दिएको थियो ।

यसअघि शनिश्चरे बजर क्षेत्र र शनिश्चरे बजारबाट जयपुरसम्म जाने सडक कालोपत्रे गर्ने कार्यको सम्झौता मिति सम्म पनि काम नहुँदा निर्माण नै अलमलमा परेको थियो । सडक डिभिजन कार्यालय दमक अन्तर्गत बिर्तामोडको शान्ति एमभिए जेभी ले ठेक्का लिएको यो सडक सम्पन्न गर्ने म्याद थप गरेर अहिले काम भइरहेको हो ।

सम्झौता अनुरुप शनिश्चरेबाट जयपुरसम्म साढे ४ किलोमीटर सडक निर्माण हुने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार शनिश्चरे जयपुर आवधिक सडक मर्मत कार्य शिर्षक अन्तर्गत भ्याट सिहत २ करोड ६६ लाख बजेट सम्झौता भएको छ । गत असारमा म्याद गुज्रीएपछि कार्तिक मसान्तसम्म काम सक्ने निर्माण व्यवसायीको प्रतिवद्धता अनुरुप हाल काम भएको इन्जिनियर खतिवडाले बताउनुभयो ।

बजार क्षेत्रमा काम सम्पन्न गर्ने लक्ष्य अनुरुप बुधबार अबेर सम्म सडक निर्माणको काम भएको छ । मेयर सहितका जनप्रतिनिधि र कर्मचारीहरुले निर्माण कार्यको निगरानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
3
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय