त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायो ।


नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए । पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाए । कुशल मल्ल ११ रनमा आउट भए ।

यूएईका अल नासिर र निलांश केसवानीले समान एक एक विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । निकै खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।


अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट लिएका थिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक लिए ।

टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् । नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय