टेलि चलचित्र ‘मुलबाटो’को पहिलो भाग रिलिज

झापा । आनी मुभि मिडिया प्रा.लिकाे प्रस्तुतीमा नेपाली टेलि चलचित्र “मुलबाटाे” काे पहिलाे भाग रिलिज भएकाे छ।


बिर्तामाेड र मेचिनगरका स्थानिय प्राविधिक तथा कलाकारहरुकाे सयुक्त निर्माणमा तयार पारिएकाे टेलि चलचित्रलाई युनिक मिडिया हाउस चारालीले पाेष्ड प्राेडक्सन गरेकाे छ। नेपाली समाजका पुराना समसामयिक परिवेश र सकारात्मक सन्देशलाई चित्रण गरिने उक्त सिरियललाई राज लावती र झापाली कान्छा अभिषेकले सयुक्त रुपमा निर्देशन गरेका छन।

त्यसै गरि छायांकन सम्पादन सुबास लिम्बू र राेहित लाम्गादे, मुख्य प्राविधिक अनिश क्षेत्री, ब्याबस्थापन दिपेन्द्र कटवाल र नन्दु लिम्बू, कथा मनु याेङ्हाङ, पटकथा सम्वाद झापाली कान्छाकाे रहेकाे छ। विशेष गरि झापाकाे बुद्धशान्ति हडिया सिरानलाई केन्द्र बनाएर यस चलचित्रकाे छायांकन गरिएकाे छ।


समाजकाे बिबिध सकारात्मक र नकारात्मक पक्षहरुलाई प्रस्तुत गरि सकारात्मक पाटाे चै हामी सबैकाे मुलबाटाे हुनु पर्छ भन्ने बिषयलाई उठान गरिएकाे निर्देशक राज लावतीले जानकारी दिनु भयाे। स्थानिय कला केन्द्रहरुवाट उत्पादिक कलाकारहरुलाई विशेष महत्व दिइएकाे यस चलचित्रमा राज लावती, झापाली कान्छा अभिषेक वालकुमार कटवाल, नन्दु लिम्बू, साेनिया कटवाल, दिपेन्द्र कटबाल, सुबास लिम्बू, प्रताप सुनुवार, चन्दन राजबंशी, देवानन्द राजबंशी, दिनेशकुमार बि.क. शिव सेडाई आदि कलाकारहरुकाे मुख्य भुमिका रहेकाे छ।

युनिक मिडिया हाउस चारालीेकाे पाेष्ट प्राेडक्सन रहेकाे यश टेलि चलचित्रकाे अबकाे दाेस्राे भाग यहि दशैकाे टिकाकाे दिन मुलबाटाे युट्युब च्यानलवाट आउने जानकारी निर्देशक लावतीले जानकारी दिनु भयाे।

भिडियो हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
6
+1
0
+1
0
205
सम्बन्धित

लोकप्रिय

लोकप्रिय