शिवगञ्जमा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले पेय पदार्थ कोक, फेन्टा, जुस लगायतका म्याद गुज्रिएका खाद्य पदार्थहरु फेला पारेको हो । अनुगमन टोली कुरमुरे पापड, टोष्ट लगायत खाद्य पदार्थ पनि म्याद गुज्रिएको फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

म्याद गुज्रिएका पेय पदार्थ डिस्पोजल गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय