नापी कार्यालय झापाका सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

झापा । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुस रकमसहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेका हुन् ।


उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । भद्रपुर ७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ ।

सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा बस्दै आएका थिए । सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय