हचुमासा सामुदायिक वनको २७औं साधारणसभा सम्पन्न, १० जना सम्मानित

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा आज सोमबार कार्यलय स्थलमा आयोजित सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नुभएको थियो।


कार्यक्रममा समूहका अध्यक्ष प्रसाईंले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वन विकास तथा वन संरक्षणका क्षेत्रमा भएका काम, गरिबि न्युनिकरणका लागि गरिएको लगानी, सामाजिक विकासमा संस्थाले खेलेको भुमिका लगायतको बिषय अध्यक्षको प्रतिवेदनमा समेटीएको थियो ।


सधारणसभामा सहसचिव देउकुमार नेम्वाङ(विकास)ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्ष ०७९/०८०मा एक करोड ६ लाख ११ हजार दुई सय ७१ रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०/०८१मा अनुमानित एक करोड पाँच लाख ६५ हजार ६ सय सात रुपैयाँ ४० पैसा बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरेको छ ।

गरिबी न्यूनिकरण खर्चतर्फ ३९ लाख ६२ हजार एक सय दुई रुपैयाँ ७७ पैसा, वन विकास खर्चतर्फ २६ लाख ४१ हजार चार सय एक रुपैयाँ ८५ पैसा, प्रशासनिक खर्चतर्फ १५ लाख ८४ हजार आठ सय ४१ रुपैयाँ ११ पैसा, काठ दाउरा संकलन खर्चतर्फ १० लाख ५६ हजार पाँच सय ६० रुपैयाँ ७४ पैसा, सामाजिक विकास खर्चतर्फ नौ लाख ५० हजार नौ सय चार रुपैयाँ ६६ पैसा र विविध तथा भैपरीतर्फ तीन लाख ६९ हजार सात सय ९६ रुपैयाँ २५ पैसा विनियोजन गरिएको छ ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । समूहका निवर्तमान अध्यक्ष युवराज लोहार, निवर्तमान कार्यालय सचिव श्रीप्रसाद नेपाल, कृषकहरु धनबहादुर तामाङ, पदमबहादुर निरौला र हेम लम्साल, अभियन्ता विष्णुलाल ढकाल, ज्येष्ठ नागरिक केदारनाथ खतिवडा, ढाका बुनाई तालिमबाट स्वरोजगार बन्न सफल आयुष्मा लिम्बू, रणमाया तामाङ र सुनिता एक्तेन लाई साधारण सभाको अवसर पारेर संस्थाले सम्मान गरेको हो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नथुनि गोहीवार यादव बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत बिशेष अतिथि रहनुभएको थियो । कनकाई सव डिभिजन वन कार्यालयका रेन्जर सुरेश खनाल, नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानुभक्त श्रेष्ठ, नेकपा एमालेका खड्गबहादुर गोले, नेपाली काँग्रेसका मदन ढकाल, नेकपा माओवादी केन्द्रका पवन खनाल, राप्रपाका रंगलाल मिश्र, समूहका सल्लाहकार वीजेन्द्रकुमार एक्तेनलगायतको आतिथ्यता रहेको थियो ।

समूहकी सदस्य कुमारी बुर्जा मगरले स्वागत गर्नुभएको साधारणसभाको सञ्चालन वन समुहकी सचिव प्रभा नेपालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय