बाढीले भत्काएको बिरिङ पुल मर्मत गर्दै अर्जुनधारा नगरपालिका

बिर्तामोड । शनिश्चरे–खुदुनाबारी सडक खण्डमा पर्ने बिरिङ नदिको बाढीले भत्काएको पुलको अर्जुनधारा नगरपालिकाले मर्मत कार्य सुरु गरेको छ ।


चाडपर्वलाई लक्षीत गर्दै पुल मर्मतको काम सुरु गरिएको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भाँचिएको स्थानको दुवै तर्फ पुरिने छ । दुवै तर्फबाट पुरेपछि भाँचिएका कारण दविएको स्थानमा सहजै सवारी संचालन हुने वडा अध्यक्ष भट्टराईले बताउनुभयो ।

पुलमा पुरुवा भर्नका लागि अहिले खोलाको पानिको धार परिवर्तन गरिएको छ । पुल मर्मत स्थानमा नै भेटीनु भएका वडाअध्यक्ष भट्टराईले बर्खामा पानिको वाहव बढी भएकाले मर्मतमा ढिलाई भएको बताउनुभयो । दशैं तिहार लगायतका चाडपर्वको बेला नागरिकलाई जुनसुकै सवारी साधन सजिलै प्रयोग गर्न मिल्ने गरि मर्मत हुने उहाँको भनाई छ ।


अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नयाँ पुल निर्माणका लागि प्रक्रिया चलिरहेको बताउनुभयो । केही दिन भित्रै पुलको स्थलगत सर्वे हुने उहाँको भनाई छ । नयाँ पुल नबन्दासम्मका लागि यात्रा सहज गराउन भाँचिएको पुल मर्मतको काम भएको मेयर गोम्देनको भनाई छ ।

गत बर्खामा आएको बाढीले बिरिङ खोलाको पुल भाचिएको थियो । उक्त पुल भारतीय राजदुतावासको सहयोगमा २०६४ सालमा निर्माण भएको थियो ।

पुल अवरुद्ध हुँदा सो मार्ग हुँदै आवतजावत गर्ने नागरिकले बर्खाको समयमा वैकल्पिक मार्गको प्रयोग गर्नु परेको थियो । पुलको यसअघि अस्थाई रुपमा सामान्य मर्मत भएपछि २ पाङग्रे र तिन पाङग्रे साना सवारी भने आवतजावत गरिरहेको थियो ।

पुलको गत असोज ९ गते सभामुख देवराज घिमिरेले स्थलगत अवलोकन गर्नुभएको थियो । आफ्नो निर्वाचन क्षेत्र झापा २ अन्तर्गत पर्ने बिरिङ पुलको अवलोकन गर्दै उहाँले नयाँ पुल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकाररी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय