कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार विश्वासको मत लिने भएका छन्।


संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार नियुक्त मुख्यमन्त्री कार्कीले दशैंअघि नै विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव कात्तिक १ गते बुधबारको बैठकमा पेस गर्न आग्रह गर्दै प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराएका छन्।

एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । आइतबार शपथ लिएका कार्कीले एमालेबाट राम राना तथा कांग्रेसबाट शमशेर राईलाई विनाविभागीय मन्त्रीसमेत नियुक्त गरिसकेका छन्।


अन्तिम विकल्पमा सरकार गठन भएकाले उनले विश्वासको मत प्राप्त गर्न नसकेमा कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ। तर केन्द्रीय सत्ता गठबन्धनले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सक्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय