झापा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।
आइतबार राति १२ बजेपछि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।