कोशीमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। संविधानको धारा १६८(५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतवार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराउनु भएको हो ।


मुख्यमन्त्री कार्कीले आजै दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । नेपाली काँग्रेसका शमशेर राई र नेकपा (एमाले) का राम रानालाई मन्त्री नियुक्त गरिएको छ। दुवैजनालाई बिनाविभागीय मन्त्री तोकिएको छ। दुवै मन्त्रीले आजै शपथ लिनुभएको छ ।

काँग्रेस नेता कार्की एमालेका ३९ र काँग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय