गोर्खा टेलरिङ्ग अब नयाँ स्थानमा, दशैं मा १० प्रतिशत छुट

बिर्तामोड । विगत १० बर्षदेखि झापाको बिर्तामोडमा संचालनमा रहेको गोर्खा टेलरिङ्ग अब नयाँ स्थानमा संचालनमा आएको छ । यसअघि कृषीथोक रोडमा रहेको सोडसी भवनबाट सेवा दिइरहेको टेलरिङ्ग शनिश्चरे रोडबाट पश्चिम अथितिसद रोडस्थित टेलरिङ्ग लाईनमा सरेर संचालनमा आएको हो ।


पुरानो स्थानमा पार्कीको व्यवस्थापन नहुँदा ग्राहकलाई समस्या भएको गुनासो आएकाले नयाँ स्थानबाट सेवा सुरु गरेको संचालन बिरु दर्नालले जानकारी दिनुभयो ।

१० औं बर्षीक उत्सव तथा घटस्थापनाको अवसरमा आज औपचारीक रुपमा गोर्खा टेलरिङ्गको नयाँ स्थानमा उद्घाटन गरिएको थियो । टेलरिङ्गको बिर्तामोड उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र बिर्तामोड-५ का वडाअध्यक्ष रोहित प्रसाईले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।


टेलरिङ्गले कपडा बिक्री तथा सिलाई सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्ने संचालक दर्नालले बताउनुभयो । टेलरिङ्ग व्यवसायि संघ झापा अध्यक्ष समेत रहनुभएका दर्नालले समयमानै सेवाग्राहीको काम सम्पन्न गर्ने गोर्खा टेलरिङ्गको मुख्य बिशेष्ता रहेको बताउनुभयो ।

उद्घाटन र दशैं पर्वको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । बिशेष गरेर अल्लो र खाडीको कपडा गोर्खा टेलरिङ्गको मुख्य आकर्षण रहेको उहाँको भनाई छ ।

गोर्खा टेलरिङ्गले झापाको सुरुङ्गा बजारमा शाखा बिस्तार गरेर सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय