मनाङ एयरका पाइलटलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौँ । आज भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।


सेढाईंको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो। अस्पतालका अनुसार आज राति विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।

आज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो।


हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय