खुदुनाबारीमा लार्भा खोज तथा नष्ट गर अभियान संचालन

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको खुदुनाबरी बजार क्षेत्रमा लार्भा खोज तथा नष्ट गर अभियान अन्तर्गत आज सरसफाई र सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल रेड्क्रस सोसाईटी खुदुनाबारी उपशाखाको मुख्य आयोजनामा भएको कार्यक्रमा सहभागीहरुले अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा र २ नम्बर वडाको केही भुभागमा पर्ने खुदुनाबरी बजार क्षेत्रमा डेंगुको लार्भा उत्पादन हुने स्थानहरुको अनुगमन, निरिक्षण र त्यसलाई नष्ट गर्ने कार्य गरेका थिए ।

बजार क्षेत्रका सडकको नाली, होटल, ग्यारेज लगयातका स्थानमा भेटीएका पानी जम्ने सामाग्री तथा स्थानहरुको पहिचान गर्दै नष्ट गर्ने र पुर्ने काम गरिएको नेपाल रेड्क्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारीले जानकारी दिनुभयो । त्यस्तै ग्यारेजका अनावश्यक कबाडी समान, पुराना टायर, होटलबाट निस्किएका खाली सिसी आदिमा लार्भा भेटिए पश्चात सम्बंधित व्यक्तिहरूलाई तत्काल उचित व्यवस्थापन गर्न सुझाव दिइएको भण्डारीले बताउनुभयो ।


सम्भावित क्षेत्रको पहिचान र निरिक्षण पश्चात फाल्गुनन्द चौकमा कार्यक्रमको समापन गरिएको थियो । सभापति भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीकी रिर्पोटीङ अफिसर अनुपा कोइरालाले लार्भा खोज तथा नष्ट गर अभियान संचालन गर्नुको औचित्यको बिषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईले अहिले जताततै डेंगु संक्रमण फैलिरहेको अवस्थामा रेडक्रसले संचालन गरेको कार्यक्रम प्रभावकारी भएको धारणा राख्नुभएको थियो । उहाँले डेंगु संक्रमणबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागिले बजार क्षेत्रमा रहेका नागरिकहरुलाई डेंगु संक्रमण सम्बन्धि समेतना मुलक पर्चाहरु समेत बितरण गरेका थिए । नेपाल रेडक्रस सोसाईटी झापा शाखाले लामखुट्टेको टोकाईबाट बच्न प्रयोग गरिने मल्हम समेत बितरण गरेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापा शाखा, अर्जुनधारा उपशाखा, खुदुनाबारी उपशाखा, अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय र जनप्रतिनिधिहरु, शसस्त्र प्रहरी, जनपथ प्रहरी, युथअफ खुदुनाबारी, एक्सल बैंक, सहयात्रा नेपाल, च्यारीटीयुथ क्लब, सचेत युवा समूह, एनएमसी र साना किसान सहकारी संस्था लगायतका संस्थाहरुले संस्थागत सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय