शिक्षा सहकारीको बिर्तामोड इकाईगत साधारणसभा तथा प्रतिनिधि छनौट सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडको इकाईगत साधारणसभा तथा प्रतिनिधि छनौट सम्पन्न गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभा अन्तरगत शुक्रवार बिर्तामोड सेवा केन्द्रको इकाईगत साधारण सभा सम्पन्न भएको हो ।


बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तारा प्रसाईको प्रमुख अतिथ्यमा संचालन भएको संस्थाको इकाईगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चालू आर्थिक वर्षमा संस्थाको आम्दानी बृद्धि हुने, रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर एवम् व्यावसायिक बनाउने खालका योजना ल्याउनेतर्फ संस्था केन्द्रित भएको बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० सम्ममा ४ हजार ७२० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको अध्यक्ष न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।


शिक्षा सहकारीले शनिश्चरे, धाइजन, धुलाबारी, चैतुबारी र दुर्गापुर सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । गत असोज २३ गतेदेखि शुरु भएको इकाईगत साधारणसभा तथा प्रतिनिधि छनौट कार्यक्रम २९ गते सम्पन्न हुने र आगामी कार्तिक २ गते बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण हुने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

बार्षिक साधारण सभाका अवसरमा सहकारीले विभिन्न नौ जना व्यक्तिलाई सम्मान गरेको छ संस्थाले प्रवद्धर्कका रुपमा नारायण कट्टेल र युवराज कार्कीलाई सम्मान गरेको थियो । त्यस्तै बिर्तामोड सेवा केन्द्र अन्तरगत उत्कृष्ट बचततर्फ रोस्क्रिन लिम्बु, उत्कृष्ट आवधिक बचततर्फ पूजा ढकाल, उत्कृष्ट साधारण बचततर्फ ओमनाथ दाहाल, उत्कृष्ट शिक्षातर्फ आस्मा पौडेल, उत्कृष्ट ऋणितर्फ बिज्ञान श्रेष्ठ र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल दिव्या काफ्लेलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाई, जिल्ला सहकारी संघ झापाका सञ्चालक सदस्य ढुण्डीराज गुरागाई, बिर्तामोड कार्यपालिका सदस्य लक्ष्मी खतिवडालगायले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रमकाबिच समिक्षा चम्लागाईलाई प्रसुति सहयता अन्तरगत ३५ हजार रुपैयाँ प्रदा नगरिएको थियो ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत संस्थाका प्रवन्धक शैलेन्द्र सुब्वाले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगी, सञ्चालक समिति उपाध्यक्ष हेमराज मिश्र, सदस्य चिजा राई, उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति संयोजक युवराज निरौला, सदस्य यामनाथ खरेल, लक्ष्मी देवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय