लागुऔषध ब्राउनसुगरसहित बिर्तामोडबाट ३ र गौरीगञ्जबाट १ जना पक्राउ

बिर्तामोड । झापामा बिहिबार प्रतिबन्धित लागुऔषधको कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नं.३ स्थित गोसलाईनबाट तीन जना र गौरीगञ्ज २ कोरोबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।


लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं. ९ का ३० बर्षिय मोहन टुडु, ३७ बर्षिय सोम मर्डी र वडा नं ७ का ३२ बर्षिय अंकित भन्ने डिल्ली बहादुर खड्कालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ९८ ग्राम २४० मिलिग्रामसहित पक्राउ गरेको हो ।

उनीहरुलाई मोटरसाइकल र स्कूटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । त्यस्तै बिहिबार साँझ करिब ५ बजे गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प ६७४६ न.को स्कुटरमा सवार दमक नगरपालिका वडा नं. ५ का २५ बर्षिय प्रकाश निरौलालाई ब्राउनसुगर ४ ग्राम ८३० मिलि ग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय