प्रसाईका कार्यकर्ताले गरे युवा संघको दर्जनौ गाडि तोडफोड, कडा कार्वाही गर्न एमालेको माग

झापा । पहिचानबादीको नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताले आज उदण्ड मच्चाएका छन् । एमाले पोलिटव्युरो सदस्य महेश बस्नेत सहभागी राष्ट्रिय युवा संघ नेपालको अर्जुनधारा नगर कमिटी अधिवेशन स्थल बाहिर उनीहरुले पार्किङमा राखिएका दर्जनौँ गाडी तोडफोड गरेका छन् । सानो संख्यामा भेला भएका पहिचानवादीको भिडमा मिसिएका प्रसाईका कार्यकर्ताहरुले प्रहरीलाई ढुंगा हान्ने, गाडी तोडफोड गर्ने लगायतका कार्य गरेका थिए । उनीहरुले एमाले नेता बस्नेतले भाषण गरिरहेको मौका छोपेर बाहिर रोकेर राखिएका गाडी तोडफोड गरेका हुन् ।


गाडी तोडफोड गर्ने प्रसाईका कार्यकर्ता बिक्रम सुव्वा पक्राउ परेका छन् । उनले गाडी फुटाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यक्रममा एमाले नेता बस्नेतसंगै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे पनि सहभागी हुनुहुन्थ्यो ।


राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राज आङ्देम्बेले गाडीको सम्पुर्ण क्षतिपुर्ती दुर्गा प्रसाईले लिनु पर्ने बताउनु भयो । प्रसाईले माफी माग्नु पर्ने बताउँदै उहाँले अन्यथा प्रसाईको हरेक गतिविधिमा युवासंघले अवरोध गर्ने बताउनु भयो । तोडफोडबाट १३ वडा गाडीमा क्षति पुगेको छ ।

घटना स्थलमा नाङ्गो खुकुरीसमेत फेला परेको आङ्देम्बेले जानकारी दिनुभयो ।उनीहरुले गाडीको टायरमासमेत खकुरीले हानेको जनाइएको छ।

नेकपा एमाले झापाले घटनाको सत्यतथ्य छानबीन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न अन्य दोषीलाई समेत पक्राउ गरी कनुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाही र तोडफोड भएका सवारी साधानको उचित क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय