बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ ।


दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका ६ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय