एनएमसीका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोड स्थित कनकाई अस्पतालमा निधन भएको हो ।


उपचारकै क्रममा राति १०ः३० वजे अस्पतालमा निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार ४ दिनअघि बुबालाई ज्वरो आएको थियो । हिजो राति ९ वजे अलिक सारो भएको महशुस गरेपछि कनकाई अस्पताल लगिएको थियो । ज्वरो आइरहेको थियो । युरिन इन्फेक्सनको समस्या थियो । प्रेसर पनि डाउन भएपछि राति साढे १० वजे निधन भएको परिवारको भनाई छ ।

स्व.टीकाप्रसादका दुई श्रीमति मध्ये मनमायाको यसअघि नै निधन भइसकेको छ । अर्की श्रीमति नरमाया र ४ जना छोरावुहारीहरु छन् । त्यस्तै ३ जना छोरीज्वाई छन् । ठाकुर शिवाकोटी एनएमसीका अध्यक्ष हुन् भने विभिन्न सामाजिक संघ–संस्थामा आवद्व छन् ।


स्व.टीकाप्रसादको पार्थिव शरिरलाई आज (विहीबार) विहान ८ः३० वजे स्थानीय मेची नदीमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय